ढल्केवर, धनुषा- धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेस पुरै प्यानल सहित विजयी भएका छन् । काँग्रेस वडाध्यक्षका उम्मेदवार निरज कार्की पुरै प्यानल सहित निर्वाचित भएका हुन् ।
कार्की १९२ मतको भारी मतान्तरले निर्वाचित भएका छन् । उनले ५९४ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका उम्मेदवारले ४०२ मत प्राप्त गरेका छन् । बटेश्वर ४ मा एक हजार पाँच सय ६२ मत खसेको थियो ।



वडा नम्बर ४ एमालेको गढ मानिन्छ । जहाँ बटेश्वर गाउँपालिकाका निर्वतमान अध्यक्ष गणेशबहादुर राउत क्षेत्रको घरसमेत भएको वडा हो ।




