

अनु खनाल , बर्दिबास ।
महोत्तरीको बर्दिबासमा रहेको सत्कर्म कृषि सहकारी संस्था लिमिटेडले छैठौँ वार्षिक उत्सव कार्यक्रम गरेको छ । वार्षिक उत्सवको अवसर पारेर सहकारीले बर्दिबास अस्पतालका १० जना विरामी एवम् सुुत्केरी संग भेटघाट समेत गरेको छ । भेटघाटका क्रममा विरामी तथा सुत्केरीहरुलाई फलफुल समेत वितरण गरिएको सत्कर्म कृषि सहकारी संस्थाका अध्यक्ष सुशिला थापाले जनाइन् । यसै क्रममा सहकारीद्धारा वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको शुुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सहकारीले सेयर सदस्यका पिरमर्कालाई आत्मसाथ गर्दै स्थानीय किसान सदस्यहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए । वार्षिक उत्सवकै अवसर पारेर सहकारीमा कार्यरत कर्मचारी मनिता थापाको विदाई गर्दै सम्मान पत्र समेत हस्तान्तरण गरेको सहकारीका व्यवस्थापक अम्बिका बानियाँले बताइन् । कार्यक्रममा सहकारीका उपाध्यक्ष पुुष्पराज पौडेल, सचिव मकर बहादुर कार्की, कोषाध्यक्ष चेत कुमार थापा, सदस्यहरु , लेखा समिति संयोजक वैकुण्ठ प्रसाद देवकोटा, शिक्षा समिति संयोजक अर्जुन गौतम सल्लाहकार उषा ढकाल, संस्थापक अध्यक्ष गोविन्द प्रसाद पौडेल, कर्मचारी लगाएतको उपस्थिति रहको थियो । सत्कर्म कृषि सहकारी संस्थाले विगतका केहि वर्षदेखि किसान सदस्यहरुका लागि मलखाद समेत विक्री वितरण गरिरहेको छ ।