भैरहवा- वेदेशिक रोजगारी को लागि अस्ट्रेलिया पठाईदिने भन्दै ९ लाख ठगी गर्ने महिलालाई सामाखुशी, काठमाडौं वाट प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २६ सामाखुशी वस्ने ५० वर्षिय रत्न केशरी श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।



निज श्रेष्ठ ले आशामाया लामा लाई वैदेशिक रोजगारी को लागि अस्ट्रेलिया पठाइदिने,त्यहाँ पुगे पछि होटल मा काम लगाइदिने र न्युनतम ३ लाख तलव हुने विश्वास दिलाई प्रलोभन मा पारी पटक पटक गरि ९ लाख रकम लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरी ले जनाएको छ।
वैदेशिक रोजगारी विभाग वाट पक्राउ गरि उपस्थित गराइदिन पत्रचार गरेको ले प्रहरी टोली खटाई निज रत्न केशरी श्रेष्ठ लाई खोज तलाश गर्ने क्रम मा शुक्रवार सामाखुशी वाट पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौं का प्रवक्ता एवं प्रहरी उपरिक्षक रविन्द्र रेग्मी ले जानकारी गराए ।




