महेशकुमार दास,जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ६ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कलिम अंसारी विजयी हुनु भएको छ ।
निर्वाचन अधिकृत कुलबहादुर फडेराका अनुसार मटिहानी नगरपालिका वडा नं.—६ मा लोसपा नेपालका अंसारी ५१३ मत ल्याई विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्दी नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहम्मद जाकिर हुसैनले ३८६ मत ल्याउनु भएको जनाइएको छ ।



निर्वाचित वडा अध्यक्ष असांरी निकटतम प्रतिद्वन्दी हुसैन भन्दा १२७ मतको अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालय मटिहानीले जनाएको छ ।
निर्वाचित वडा अध्यक्ष अंसारीलाई मटिहानी नगरपालिकाको लोसपा नेपालका उम्मेदवार हरि प्रसाद मण्डलले फुलमाला र अविरलगाई वद्याई तथा शुभकामना दिनु भएको छ।
गणना हुन अव वाँकी ३ वटा वडामा लोसपाको राम्रो मत आउने विश्वास मेयरका उम्मेदवार मण्डलले व्यक्त गर्नु भएको छ ।




