औरही । महोत्तरीको महोत्तरी गाँउपालिकामा अध्यक्ष पदमा तराई मधेश लोकतान्त्रिक पार्टीे र उपाध्यक्ष पदमा जनता समाजवादी पार्टीले विजयी प्राप्त गरेको छ ।
बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिप कुमार पाण्डे विजयी भएका हुन् । उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अजय जंग रायले २ हजार २०८ मत ल्याए ।



यस्तै उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान विजयी भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् ।
गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।




