
जनकपुरधाम,
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा दोस्रो पालिकामा जित हात पारेको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जनमत पार्टीले जितेको हो ।
जनमत पार्टीबाट खेमचन्द्र यादवले नेपाली काँग्रेसका नविन कुमार झालाई ७४७ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । यादवले २९९४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका झाले २२४७ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दयानन्द गोइत २२०३ मत ल्याएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २६९० मत ल्याएर विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकी आशा देवीले २३०४ मत प्राप्त गरेकी छन् भने तेश्रो नम्बमा जसपाकी वविता कुमारी मण्डल २०९४ मत ल्याएकी छन् ।
योसंगे जनमत पार्टीले दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख जितेको छ ।
सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीकै बिरेन्द्र माझी मेयर पदमा निर्वाचित भएर पहिलो खाता खोलेको थियो ।