बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९मा लोसपाबाट उम्मेदवारी दिएका घुरन महतो ३२ मतको फरकले विजयी भएका छन् ।
विजयी महतोले ७७६ मत प्राप्त गरेका छन् । उनको निकट प्रतिद्वन्द्वी मावोबादी केन्द्रका रामजतन महतोले ७४४ मत प्राप्त गरेका छन् ।



त्यस्तै, एकीकृत समाजवादीका रामबिनोद महतोले २६८ मत, र नेपाली कांग्रेसका विल्टु मण्डलले २२८ मत प्राप्त गरेका छन् ।




