जनकपुरधाम- सप्तरीको राजविराज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा भिमराजले ४ हजार ८१७ र उपप्रमुखमा इसरत प्रविणले २ हजार ८३७ मतान्तरले निर्वाचित भएका हुन् ।



प्रमुखमा निर्वाचित यादवले ९ हजार ६२४ मत प्राप्त गरेका छन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८०७ प्राप्त गरे।
त्यस्तै उपप्रमुखमा निर्वाचित इसरतले कुल ७ हजार २६४ मत प्राप्त गरिन् । उपमेयर पदकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शुशिलाकुमारी यादवले ४ हजार ४२७ मत प्राप्त गरीन्।
कुल १६ वडा रहेको राजविराज नगरपालिकामा जसपाले वडा नम्बर १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले वडा नम्बर ७, ८ र १०, लोसपाले वडा नम्बर ६ र १३ को वडा अध्यक्षमा विजय भएको छ । नेकपा (एमाले) ले वडा नम्बर १४, नेकपा (एस)ले वडा नम्बर १२ र राप्रपाले वडा नम्बर १३ को वडा अध्यक्षमा विजय भएको छ ।
मुख्य सबै दलको प्रतिनिधित्व भएको नगरपालिकाको नगर कार्यसमितिमा काँग्रेसको प्रतिनिधित्व हुन सकेको छैन ।
प्रमुख, उपप्रमुखमा सम्मानजनक मत पाए पनि आन्तरिक विवाद र टिकट वितरणमा पक्षपात भएको भन्दै कार्यकर्ताबाटै वडा अध्यक्षमा असहयोग भएपछि काँग्रेसले एउटा पनि वडा अध्यक्ष जित्न नसकेको काँग्रेसका कार्यकर्ताहरू बताउँछन् ।




