औरही - महोत्तरीको बलवा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को राम बिजय महतो(मुखिया जी) विजयी भएका छन् । महतो मेयरमा १११३ मतान्तरले विजयी भएको छ । उनले ५७८३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कुमार यादवले ४६७० मत प्राप्त गरि पराजित भएका छन् । यादव निवर्तमान मेयर समेत हुन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका रामदुलारी देवीले ५१०८ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी लोसपाका रेखा कुमारीले ५०८१ मत प्राप्त गरेकी छिन् ।
निर्वाचित महतो यश अघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा । मतले निवर्तमान मेयर यादवसँग पराजित भएको थियो।