जनकपुरधाम- धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली काँग्रेसका उम्मेदवार मेयरमा जितनारायण यादव र उपमेयरमा तुलसाकुमारी पाण्डे निर्वाचित भएका छन् ।
गणेशमान चारनाथ नगरपालिकाको मेयरमा निर्वाचित यादवले तीन हजार १०८ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धि जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पाण्डेले तीन हजार २८३ मत सहित विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४२९ मत ल्याएकी छिन् ।


