औरही - महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा जसपाका सुरेश साह सोनार ७ हजार ३०६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले ५ हजार ४३० मत पाएका छन् । मिश्र जलेश्वर नगरपालिकाका निवर्तमान मेयर हुन् ।
त्यस्तै, नेकपा एमालेका रामआधार कापरले ४ हजार ७८२ र नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० मत मात्र पाएका छन् ।
यस्तै उपमेयरमा जसपाकै रौशन खातुन निर्वाचित भएकी छन् । उनले ५ हजार ८२३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुन्चुन देवीले ४ हजार ९०१ मत ल्याएकी हुन् ।
त्यस्तै, लोसपाकी फरहत खातुनले ४ हजार ८६२ र नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ मत मात्र पाउन सकेकी छन् ।
जलेश्वर नगरपालिकाको १२ मध्ये ६ वडामा नेकपा एमाले, ५ वडामा जसपा र १ वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेका छन् ।




