औरही - भंगहा नगरपालिका, महोत्तरीको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा लोसपाका संजीव कुमार साह ५ हजार ६१७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाए ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंह विजयी भइन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाइन् ।
२०७४ को स्थानीय चुनावमा भंगहा नगरपालिकामा मेयर र उपमेयरसहित अधिकांश वडा ंतत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको थियो । यो पटक लोसपाले उपमेयरसहित केहि वडा गुमाउनु परेको छ ।
https://www.facebook.com/shirishonline1/videos/525677125934116
https://www.facebook.com/shirishonline1/videos/423434562576923
तस्वीर : धर्वेन्द्र कुमार यादव(यदुवन्शी)