औरही – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महंगी बढाएर सरकारले जनता संग निर्वाचनमा भएको खर्च असुली गर्न खोजेको आरोप लगाएका छन्।
महोत्तरीको गौशाला नगरपालिका ५ घैलाबजारमा आज आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राज्यको ढुकुटीबाट चुनावमा खर्चिए रकम असुल्न सरकारले महंगी बढाएको बताए ।



अध्यक्ष यादवले भने, ‘पछिल्लो समयमा आएर देशमा निर्वाचन महगिदै गएको छ । निर्वाचनको क्रममा उम्मेदवारहरु पैसाको खोलो बगाएको छ । देशमा पैसाको अभाव भएको समयमा सरकारले महंगी बढाएको छ ।’
अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधीलाई जनतालाई विश्वासमा लिई विकास निर्माण लगायतकाे गतिविधी अघि बढाउनका लागि निर्वाचित जन प्रतिनिधिलाई आग्रह गरे
देशमा बढदै गएको लुटतन्त्र र भ्रष्टाचारका गतिविधीलाई अख्तियारले रोक्नका लागि असफल भईसकेकोले अब जनलोकपाल गठन गर्न आवश्यक्ता रहेको बताए ।
आफनो पार्टीले समृद्ध नेपाल निर्माणका लागि जनपक्षीय विकासमैत्री सुशासन स्थापना गर्नका लागि सरकारसँग माग गर्दै आएको यादवले बताए ।किशानहरुले भोग्दै आएका खाद्य मल,बिउ बिजन र सिंचाईका समस्या समाधान गर्न नव निर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतोलाई जसपा नेपाल पार्टीका गौशाला नगर अध्यक्ष कुमर कान्त झाले आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रामश्रृष्ठ महतो लगायत विभिन्न पार्टीका दुई सय नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई अध्यक्ष यादवले दोसल्ला र माला लगाएर पार्टीमा प्रवेश गराए।
कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, मधेश प्रदेशका पूर्वमन्त्री सरोजसिंह कुशवाहा,केन्द्रीय सदस्य लक्ष्मी महतो ,रामकुमारी देवी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




