धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरद्वारा वडा नं ५को वजार ठेक्का लगाउने विषयमा अनियमितता भएको आरोप◊ लगाइएको छ ।
सो नगरपालिकाद्वारा प्रक्रियापुरा नगरी कानूनीरुपमा ठेक्का नपरेको व्यक्तिलाई गैेरकानूनीरुपमा ठेक्का वितरण गरिएको बिहीबार महेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा बताए ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का हरिप्रसाद राउतले पत्रकार सम्मेलन मार्फत सो ठेक्का वितरणमा अनियमितता भएकोले खारेज गर्न माँग गरे।
महेन्द्रनगर चोकको वजारको लागि नगरपालिकाले रु ८ लाख ७७ हजारको ठेक्का आवाहन गरेका थिए ।
त्यो ठेक्का पाउन तीन जनाले रु एक हजारको शुल्क सहित कानूनी प्रक्रिया अनुसार ठेक्का पाउन निवेदन गरेको थियो । तर तोकिएको समय भित्र ठेक्का पाउने निवेदन अर्थात रसिद सहित गोप्य सिलवन्दी नगरेको व्यक्तिलाई सो कार्यालयले ठेक्का दिने घोषणा गरेकोमा उनलेे सो विरोध जनाएको छ ।
सो नगरपालिकाको कार्यालयले ठेक्का आवाहन गरेको १५ दिनभित्र नगदी रसिद तथा ठेक्का कवोल रकमको ५ प्रतिशत रकम वाणिज्य वैकमा जम्मा गर्नुपर्ने तथा त्यसको भौचर तथा रसिदसहित नगरपालिकामा गोप्य सिलवन्दी गनुपर्ने प्रावधान राखिएको थियो । तर सो नगरपालिकाले त्यो प्रक्रिया पुरानगरी रामशरण यादवलाई रु १० लाख ५५ हजारमा ठेक्का दिएकोमा पिडित राउतले गुनासो गरे ।
साथै उहाँले नगरपालिकाले न्यायोचित रुपमा मलाई ठेक्का नदिएमा अख्तियार दुरुपयोग अनुसंधान आयोग तथा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यवाहीका लागि उजुरीदिने पत्रकार सम्मेलनमा बताए ।
उनले पनि ठेक्काका लागि निवेदन गरेको थियो । कानूनी प्रक्रिया अनुसार ठेक्का राउतको हुने दावी गरिएको छ । उक्त विषयमा सो कार्यालयका प्रशासकीय अधिकृत रामउद्गार अधिकारीसँग सम्पर्क गर्नखोज्दा सम्पर्क हुन सकेन ।




