औरही— महोत्तरीको औरही नगरपलिकाका नवनिर्वाचित उपमेयर र वडाध्यक्षहरु सहित सम्पूर्ण जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिदै पदभार ग्रहण गरेका छन् ।सोमवार नवनिर्वाचित नगरपालिका मेयर प्रदिप कुमार खडकाले महोत्तरीको जिल्ला मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
त्यस लगतै आज बुधवार औरही नगरपालिका १ स्थित राधाकृष्ण पार्टी प्यालेसको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि औरही नगरपालिकाको निर्वाचन कार्यालय औरही निर्वाचन अधिकृत सरोज कुमार गोईतको अध्यक्षता र नव निर्वाचित नगर प्रमुख प्रदिप कुमार खडकाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
सो कार्यक्रममा नवनिर्वाचित नगर उपमेयर रेणु झा सहित नौ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ लिएका हुन् ।
https://www.facebook.com/shirishonline1/videos/350893057030618
सपथ ग्रहण पश्चात मेयर खडकाले नगरपालिका भरिका गर्भबत्ति महिलालाई मधेश प्रदेश भरि निःशुल्क एम्बुलेन्स सुबिधा दिने,तीन महिना भित्र मृत्यु दर्ता,बसाइँसराइ,बिवाहा दर्ता,जन्मदर्ता गरे नि: शुल्क सुबिधा दिने र सबै वडामा सात दिन भित्र मलखाधको व्यवस्था गर्ने पहिलो निणर्य गरेको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाका कर्मचारी, राजनितिदलबाट नेकपा माओवादीका प्रदेश कमिटि सदस्य रामबाबु चौधरी, एमालेका सरोज यादव,लोसपाका सुमन कर्ण र जसपाका राजनारायण यादव लगायत वडा न ४,५,८ र ९ मा वडाअध्यक्ष पदमा शियाराम यादव, किशोरी प्रसाद यादव, रामअश्ररे यादव र राधुनन्दन चौधरी ,१, २,३,६ र ७ मा लोसपा कै क्रमशःयोगी चौधरी,दरेश यादव,रामकेवल यादव,बिनोद चौधरी र जितेन्द्र यादव,उपमेयर रेणु झाले सम्बोधन गर्दै वडा र पालिकाको विकासको सवालमा आफुहरु अग्रसर रहने प्रतिवद्धता जाहेर गरेका थिए ।
https://www.facebook.com/shirishonline1/videos/1860107554183587