
महोत्तरी- नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सल्लाहकार महेश कुमार दासले विभिन्न विषयमा महोत्तरी शाखालाई ध्यानाकर्षण गराएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावलाई लक्षित गरी नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटी र प्रादेशिक कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न गराउन स्मरण गराएका हुन् । बैशाख ३० गते देशैभरि सम्पन्न स्थानिय तह निर्वाचन केन्द्रित गरेर नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको २०७९ बैशाख ८ गते केन्द्रीय अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा वसेको ५ औं पुर्ण वैठकबाट स्थानिय निर्वाचन केन्द्रित निर्णयहरु गरिएको थियो । त्यसमध्ये केन्द्रिय समितिको निर्णयको वुँदा नं १ मा नेपाल पत्रकार महासंघको सदस्यहरुलाई साझा र तटस्थ भुमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।
वुँदा नं २ मा महासंघको सदस्यता प्राप्त गरेको कोहि पनि सदस्यले निर्वाचनमा उम्मेदबार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्र उम्मेदवार बन्न आग्रह गरिएको थियो । यस्तै, वुँदा नं ३ मा महासंघको कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोहि समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय गरिएको थियो ।
यसैगरि नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको २०७९ बैशाख २८ गतेको वैठकबाट भएको निर्णय अनुसार पनि स्थानिय निर्वाचनमा उम्मेदवारी दिई चुनाव लडेका महासंघको कुनै पनि पदमा रहेका पदाधिकारीहरुको केन्द्रिय समितिको निर्णय अनुरुप नै पद स्वतः रद्द हुने निर्णय गरिएको थियो । उम्मेदवारहरुको सदस्यता रहने नहरने वारे प्रदेश समितिको अर्को वैठकबाट निर्णय गर्ने पत्रकार महासंघ मधेस प्रदेश समितिका महासचिव श्याम प्रसाद बन्जाराले विज्ञप्ती नै प्रकाशित गरेर जानकारी गराएका थिए ।
तर, केन्द्रिय समिति र मधेस प्रदेश समितिको निर्णयको वर्खिलाप गइ राजीनामा नै नगरि नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्ष कमलेश मण्डल र सदस्य नविन कुमार स्थानिय तह निर्वाचनमा क्रमसः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट मटिहानी नगरपालिकाको मेयर पदमा र नेपाल कम्प्युनिष्ट पार्टी (एस)बाट महोत्तरी गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा उम्मेदवारी दिएर चुनाव लडेको भन्दै दासले पत्रसहित ध्यानाकर्षण गराएका छन् ।
नेपाल पत्रकार महासंंघ महोत्तरी शाखाका सचिव राजकरण महतोलाई बुझाएको ध्यानाकर्षण पत्रमा स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिएका सदस्य तथा पदाधिकारीहरुको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखा लगायत अन्य शाखाहरु तत्काल शाखाको वैठक गरि केन्द्रिय र प्रदेश समितिको निर्णय पालन गर्दै उम्मेदवारी दिएका सदस्यहरुको सदस्यता समेत नरहने निर्णय गरेपनि नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले हाल सम्म त्यस्तो केहि निर्णय नगरेको उल्लेख छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले विभिन्न विषयहरुमा निर्णय गर्नु पर्ने आवश्यक देखिएकोले नेपाल पत्रकार महासंघको विद्यान सम्वत सल्लाहकारको हैसियतले वुँदागतरुपमा ध्यानाकषर्ण गराएका छन् ।
सल्लाहकार दासले नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र मधेस प्रदेश समितिको निर्णय महोत्तरीमा पालन भए् नभएको, निर्णय पालना भएको भए हाल नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको कार्यवाह वारे जानकारी दिनु हुन, केन्द्रिय समिति र प्रदेश समितिका निर्णय अनुसार पदमुक्त भएका पदाधिकारीहरुबाट वरवुझारथ भए्नभएको वारे जानकारी दिनु हुन, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आजको मिति सम्म चलअचल सम्पति,आयव्यय, वैंक मौज्दात वारे जानकारी दिनुहुन, नेपाल पत्रकार महासंघको नाममा वैंकमा रहेको वैंक खाताको हस्ताक्षर परिर्वतन भए नभएको वारे जानकारी गराई दिनु हुन लगायतको विभिन्न ६ बुँदामा ध्यानाकर्षण गराउँदै सात दिनभित्र लिखित जानकारी माग गरेको छ ।