महोत्तरी। जनमत पार्टीका कार्यकर्ता र किसानहरुले किसान आन्दोलन अन्तर्गत आज खाली बोरा र बासको छिटी (ढकी) बोकेर मधेस प्रदेश भरिका स्थानीयतहका गाउपालिका र नगरपालिकाहरुमा प्रदर्शन गरेका छन् ।
किसान र जनमतका कार्यकर्ताहरुले खाली बोरा बोकेर र बासको छिटी (ढकी) मेचीदेखि महाकालीसम्मका पालिकाहरुमा प्रदर्शन गरेका हुन् । उनीहरुले पैसा ले, मलखाद दे,भ्रष्ट कृषिमन्त्र राजीनामा दे, किसानको माग पुरा गर जस्ता नारा लगाएका छन् । सरकारले रुपैयाँ लिएर पनि मल दिन नसकेको अवस्था रहेकाले खाली बोरा र बासको छिटी (ढकी)बोकेर मधेस प्रदेश भरिका पालिकामा आज एकै साथ सबै ठाउमा प्रदर्शन गरिएको जनमत पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र कुमार महतो(जीवन त्यागी)ले बताए । उनले भने( हामी महोत्तरीको गौशाला नगरपालिकामा कार्यक्रम गरेका छौं ।
सरकारले किसानको माग पुरा गर्न चासो नदेखाएको भन्दै जनमत पार्टीले संघीय मन्त्रीलाई मधेसमा कालो झण्डा लगायतका विरोधका कार्यक्रम गर्दैै आएको छ । किसानको ११ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ ।