बर्दिबास : आज १५ औं गणतन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदै छ । बर्दिबासमा भने गणतन्त्र दिवस सरसफाइ गरि मनाइएको छ ।
बर्दिबास नगरपालिकाका नव निर्वाचित नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको नेतृत्व तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयको सहकार्यमा सरसफाइ गरिएको छ । "हाम्रो रहर हरियो र सफा बर्दिबास सहर" नाराका साथ बर्दिबासअन्तर्गत मुख्य चौक लगायतका क्षेत्रमा स्थानीय जनप्रतिनिधि, युवा तथा प्रहरीको सहयोगमा सरसफाइ गरिएको छ ।
सडक छेउछाउका रहेका प्लाष्टिकजन्य फोहोर संकलन गर्नुका साथै कुचोले सफा गरेका थियो । सडक पेटीमा अव्यवस्थित निर्माण सामाग्री राख्ने, जथाभावी सडकमा फोहोर फाल्ने स्थानीय तथा व्यापारी, व्यवसायीहरुलाई सकारात्मक सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गरेको नगरप्रमुख क्षेत्रीले बताए ।
आफ्नो पसल अगाडीको फोहोर सबै व्यापारी आफैले सफा गर्ने हो भने बजार दुर्गन्धित नहुने उनको बुझाइ छ। यसबाट आफ्नो क्षेत्रको सरसफाइृ आँफैले गर्नुपर्छ भन्ने सबैमा सन्देशसमेत दिन खोजेको नगरप्रमुख क्षेत्रीले बताउँछन् ।
https://www.facebook.com/shirishonline1/videos/546698593815415
https://www.youtube.com/watch?v=BiUrpVmXGc8