औरही । महोत्तरीको भंगहा नगरपालिकामा कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा मापदण्ड विपरित एकजनाको उम्मेदवारी दर्ता भएको भन्दै विवाद उत्पन्न भएको छ।अलपसंख्यक वा दलित समुदाय कलष्टरबाट कार्यपालिका सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान रहेकोमा यी दुई कलष्टरभन्दा बाहिरका समुदायबाट एकजनाले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दर्ता गराएको मेयर संजिव साहले जनाएका छन् ।
मेयर साहले अल्पसंख्यक अन्तर्गत नपर्ने धानुक समुदायका विजय मण्डलले कार्यपालिका सदस्यका लागि बुधवार उम्मेदवारी दर्ता गराएका बताए ।
यता नवनिर्वाचित उपमेयर शान्ति कुमारी सिंहले धानुक जाति राजवंशी अल्पसंख्यक समुदायमा सूचिकृत भएको व्यहोरा लेखेर विजय मण्डलको नाम सिफारिस गरेको हुँदा मण्डलको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचन अधिकृत केशव अर्यालले बताए ।



निर्वाचन अधिकृत अर्यालले भने, ‘ उप मेयरले गरेको सिफारिस बमोजिम मण्डलको उम्मेदवारी दर्ता तथा सदर भएको हो ।’
यद्यपी उपमेयर सिंहले सिफारिस गरेको सो पत्रमा दर्ता र चलानी नम्बर समेत उल्लेख छैन् ।
उम्मेदवारी दर्ता गराएका मण्डल मेयरका प्रत्यासी थिए । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संजिव साहसँग पराजित भएका थिए ।




