
महोत्तरी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जिल्लाको बिकास र रोजगारी सिर्जना गर्न आफु प्रतिबद्व रहेको कुरा बताउनु भएको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाद्वारा उहाँको सम्मानमा आइतबार आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बैदेशिक रोजगारीलाई ब्यबस्थित बनाउन लागि परेको पनि भन्नुभयो । कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले मन्त्री भण्डारीलाई दोसल्ला ओढाई सम्मान गर्नु भयो ।
त्यस अघि मन्त्री भण्डारीले प्रसिद्व पौराणिक लक्ष्मीनारायण मन्दिर , लक्ष्मी सागरमा दर्शन पूजा र आरती गर्नु भयो । कार्यक्रम पूर्व सांसद निर्जला राउत, मधेश प्रदेशका माननीयहरु जैनुल राईन, रमिता प्रधान पनि सहभागी रहनु भएका थिए ।