
महेन्द्रनगर- धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ का अध्यक्ष मुवारक कवारिले बुधवार पदभार ग्रहण गरेका छन् ।
स्थानीय तह निर्वाचनमा विजयी भएका कवारी पदभार ग्रहण गर्दै भने , 'यो जित वडाबासीको जित हो ।'
उनले वडावासीको सानोभन्दा सानो समस्यालाई पनि आफूले महत्वका साथ हेर्ने भन्दै जनताको आशा र विश्वास टुट्न नदिने बताए ।
यसै वडा भित्र २०२२ सालमा स्थापना भएको दुर्गा तुलसि राष्ट्रिय प्रा.वि.मा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न उच्च ओहदामा पुगेपनि यो विद्यालयको अवस्था जस्ताको त्यस्तै रहेकोमा नगरबासीको सहयोगबाट आफनो कार्यकालमा मा.वि.सम्म संचालनमा ल्याउने प्रतिवद्धता वडा अध्यक्ष कवारीले गरे ।
साथै उनले नगरपालिकाबाट वडा विकास निर्माणको लागि आउने बजेट नगरबासीको सुझाव सल्लाह अनुसार नै काम गर्ने बताए।
क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ को जनताले आफूमाथी विश्वास गरेर अध्यक्ष जस्तो गरिमामय पदमा निवार्चित गरेको हुँदा वडाको समस्या समाधान गर्न आफू र आफ्नो टिम सक्षम रहेको भन्दै उनले नमूना काम गरेर देखाउने बताए । ५ सदस्यीय वडा समितिमा पुरा पाइनल नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित भएका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, विशिष्ठ अतिथी वासलाल महतो, अतिथी भावना ढुंगेल , जिल्ला सदस्य मोहन माथेमा, क्षीरेश्वरनाथ धर्मसंस्था अध्यक्ष इश्वरी प्रसाद अधिकारी, पुर्व वडाअध्यक्ष राम किशुन यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
यस अघि क्षीनपाका अन्य वडाहरुकाे समेत निर्वाचित वडा अध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन् ।