अहँ ! म कुरो बुझ्दै बुझ्दिन
छदमभेशीका
छेपारो झै रङ फर्ने.... ताक परे
तिवारीका.......
कालो धनले महल ठड्याउने
औकात वालाका !!!
अहँ ! मलाई थाहा छैन औकात
भन्ने शब्द ,थाहा थिएन केहो
हैसियत(नाम दाम )त हाम्रा
पनि बाजे
बराजु कै पाला देखि थियो
तर कहिले सुनिएन तेस्तो शब्द
देखिएन तेस्तो सस्कार ब्याबहार"
" तिमि औकात नभएको मान्छे" !!!
सायद
चोरी,जालि झेलिको कालो
धनलाई औकात भनिन्छ,
बरु ..दुई ,छाक र दुइ सरो लाएर
इमान सहित कमाएको नाम,दाम,
अवस्था ब्यास्थालाई हैसियत भनिन्छ !!!
औकात शब्द नै अपृय
अशोभनिय शब्दकोसमै नअटाउ जस्तो
अनि हैसियत शब्दै सुन्दर सर्वपृय
सबै अर्थ एउटै शब्दले समेट्ने जस्तो!!!
-महिमा कडरिया