महोत्तरी - महोत्तरी युवा संजाल र युथ एसोसिएन अफ नेपालको संयुक्त आयोजनामा महोत्तरीको गौशाला नगरपालिका ५ स्थित रहेकोे त्रिभुवन मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ६६ जना व्यक्तिले रक्तदान गरेका छन् । सो कार्यक्रमका उद्घाटन गौशाला नगरपालिका नगर प्रमुख दिपेन्द्र महतो,गौशाला नगरपालिका ५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ता,गौशाला नगरपालिका १० का वडा अध्यक्ष बिष्णु महतो (मुकेश)द्वारा गरिएको थियो ।
उक्त कार्यक्रम नगरप्रमुख महतोे र वडा अध्यक्ष गुप्ताले रक्तदान गरी विधिवत रुपमा शुरुवात गरेका थिए । रक्तदान जीवन दान, रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौ’ नाराका साथ भएको सो कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख दिपेन्द्र महतो, वडा अध्यक्ष ओमप्रकाश गुप्ता,महोत्तरी युवा संजालका सचिब एवं यानका प्रवक्ता राजु कुमार महतो,कोषाध्यक्ष रविन्द्र महतो,गौशला नगर सन्योजक राजिब साह,स-सन्योजक बिजय(भरत)महतो,सदस्य अजय महतो, यानका केन्द्रीय सदस्य सुरज चौधरी, पुर्व केन्द्रिय सचीव मनोहर यादव, सदस्य रोशन यादव, दिपेन्द्र महतो, निशान्त कर्ण , प्रभु बचत सहकारीका संचालक सत्रुधन यादव,लगायत महोत्तरी युवा संजालका प्रेस सल्लाहकार, बुद्धिजिवी, समाजसेवी, राजनितिककर्मी, स्थानीय युवाहरुको सहभागीता रहेको थियो।




