महोत्तरी – संघीय सरकारले दिएको २ दिने सार्वजनिक बिदाको निर्णयलाई महोत्तरीको मनरा शिसवा नगरपालिकाले नमान्ने भएको छ ।
संघीय सरकारले शनिवार र आइतवार गरी २ दिन सार्वजनिक बिदा दिएको भए पनि नगरपालिकाले भने शनिवार मात्र सार्वजनिक बिदा रहने निर्णय गरेर संघीय सरकारको निर्णयलाई चुनौती दिएको छ ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजितकुमार यादवले सार्वजनिक गरेको सूचनामा शनिवार मात्र १ दिन बिदा रहने उल्लेख गरिएको छ ।
जेठ १६ गते बसेको कार्यपालिकाको बैठकबाट प्रत्येक शनिवार सार्वजनिक बिदा हुने, आइतवारदेखि बिहीवारसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहने उल्लेख गरिएको छ ।
शुक्रवारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने उल्लेख गरिएको छ ।




