जनकपुरधाम- धनुषामा जरायोको सिंग सहित दुई युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-३ बस्ने २० वर्षीय रितेश कुमार पाण्डे र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने २० वर्षीय सोनु कुमार पाण्डे रहेको छ ।




जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २४ मा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री हुन लागेको सुचनाको आधारमा खटेको प्रहरी टोलीले बिहिवार दिउँसो दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
धनुषा प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले ज ९ प २७३ नम्बरको मोटरसाईकल रोकी एक आपसमा कुराकानी गरिरहेको दुईजनालाई शंकाको आधारमा चेकजाँच गर्दा रितेशले बोकी राखेको सिमेन्टको बोराको खानतलासी गर्दा जरायोको सिंग फेला परेको जानकारी दिए ।
प्रहरीले दुबैजनालाई जरायोको सिंह रातो खैरो रंगको तीन सिंगे १ थान र कालो रंगको दुई सिंगे १ थान सहित नियन्त्रणमा लिएका छन् ।
पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




