
काठमाडौं- आसन्न निर्वाचनका लागि नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
मंगलबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ।
घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ।
करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ।
घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ सुरु भएको छ।
पूर्णपाठ