
महोत्तरी। अन्तराष्ट्रिय युवा दिवसको २०७८ को उपलक्ष्यमा विभिन्न क्षेत्रमा कार्यरत दश युवालाई सम्मानित गरिएको छ । प्रदेश २ का पुर्व सामाजिक विकास राज्यमन्त्री प्रदेश सभा सदस्य अभिराम शर्माको हातबाट युवाहरुलाई एक कार्यक्रम आयोजना गरि सम्मानित गरिएको छ । जलेश्वर स्थित नेपाल पत्रकार महासंघको सभाहलमा विहिवार युवाहरुलाई सम्मान गर्दै प्रदेश सभा सदस्य अभिराम शर्माले देशको विकासमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन । उनले देशलाई अझै लागु औषध र वेरोजगारी जस्ता समस्याबाट निकाल्न युवाहरुको जोश र जागर अति महत्वपुर्ण रहेको बताए ।
उनले देशको मेरुदण्ड युवाहरुलाई सम्मानित गर्न पाउदा निक्कै उत्साहित भएको बताउदै देशको राजनिति देखि खेलकुद र निजामति सेवा देखि हरेक ठाउमा युवाहरुको उपस्थिति आवश्यक भएको बताए । उनले सम्मानित युवाहरुलाई अझै समाजसेवा,राजनिति,खेलकुद,प्रसासनिक सेवा र निजामति लगायतका क्षेत्रमा थप काम गरि देशलाई विकास तर्फ अग्रसर गर्न हौस्याए ।
राष्ट्रिय युवा परिषद र जिल्ला युवा समितिको सहयोगमा शान्ति तथा विकासको लागि युवा संजालले स्वास्थ्यबाट आस्था अधिकारी,युवा अभियन्ता सुभाष मिश्र,शिक्षा क्षेत्रबाट बेचन राय,महिला अधिकारकर्मीबाट गुञ्जा राय, पत्रकारिताबाट संचारकर्मी रञ्जन भण्डारी,व्यापारी क्षेत्रबाट बिमलेश झा,निजामति सेवाबाट सहिन्द्र यादव,कोभिड स्वयंम सेवक विटटु पासमान,सरसफाईकर्मी सन्तोष मेस्तर र खेल क्षेत्रबाट राहुल प्रताप सिंहलाई सम्मानित गरेको हो । त्यसतै संस्था तर्फबाट रतौली युवा क्लव,समाज विकास केन्द्र,रणभिम गण र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको थर्ड एलायन्सलाइ समेत सम्मान गरेको छ ।
शान्ति तथा विकासको लागि युवा संजालको उपाध्यक्ष शारदा कुमारी ठाकुरको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा पुर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने जिल्ला युवा समितिका अध्यक्ष सत्यनारायण यादव विशिष्ट अतिथि थिए । यता नयाँपत्रिकाकर्मी गत शनिवार सडक दुर्घटनामा घाईते भएकोमा उनको सम्मान उनको वुवा नेपाल पत्रकार महासंघका पुर्व सभापति तथा भुमि साप्ताहिकका प्रकाशक एवं सम्पादक दशरथ भण्डारीले ग्रहण गरेका थिए ।

