
दिपेश मल्लिक/धनुषा
'हामी क्षयराेग अन्त्य गर्छाै ' भन्ने नाराका साथ शुक्रवार विश्व क्षयराेग दिवस धनुषाको लक्ष्मीनिया गाउँपालिका सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरीता साहले क्षयराेग सरूवा राेग भएकाेले सतर्कता अपनाउन आग्रह गरिन् । उनले भनिन् - क्षयराेग लागेपछि आफ्नाे मान्छे पनि टाढा हुने भएकोले समयमा राेगकाे पहिचान गरि उपचार गराई स्वस्थ हुन सकिन्छ ।

कार्यक्रममा गाउँपालिकामा क्षयरोगको अवस्था बारे बाेल्दै लक्ष्मीनिया गाउंपालिका अध्यक्ष भाेगेन्द्र मिश्रले स्वास्थ्य क्षेत्रमा विशेष लगानी गरि क्षयराेग मुक्त नेपाल अभियानकाे शुरूवात हाम्रै गाउंपालिकावाट भएकाे बताए ।
डाक्टर राेबर्ट काेचद्वारा पता लागेको क्षयराेगका किटाणुको लक्षण छाति दुख्नु , खकारमा रगत देखिनु, थकान महसुस हुनु जस्ता अनेक चिन्ह वा आधारमा समुदायमा लुकेर वसेका राेगिलाई पतालगाई निकाे पार्न पहल हुनुपर्ने सेभ द चिल्ड्रेनका डा. लिला बहादुर वस्नेतले वताए ।
उनले तीनै तहका सरकारले आपसमा सहकार्य गरी पहल गर्न जरूरी रहेकाे कुरामा जोड दिए । मधेस सरकारकाे विशेष पहलमा क्षयराेग मुक्त नेपाल अभियानलाई सफल वनाउन मधेश प्रदेशका नगरपालिका तथा गाउंपालिकाहरू मध्ये लक्ष्मीनिया गाउंपालिका, हरिवन नगरपालिका र निजगढ नगरपालिकाले अभियान सञ्चालन गरिसकेको जानकारी स्वास्थ्य निर्देशनालयका सपहीका राजवीर यादवले गराए ।

नेपालमा कुल जनसंख्याकाे ५० प्रतिशत व्यक्ति क्षयराेगवाट संक्रमीत भई दिनहु ४४ जनाकाे मृत्यु हुने अनुमान रहेको सेभ द चिल्ड्रेनका मकालु राईनले बताए । उनले भने आंखाले देख्न नसकिने राेग सुसुप्ता अवस्थामा हुंदा समस्या भएपनि उपचारकाे लागि सरकारले डट्स सेवा लागू गरेकाेले सवै तहवाट पहल हुन जरूरी रहेकाे छ ।