काठमाडौ – आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।







