नेपालका वजरंगी भाइजानबाट चिनिएका समाजीक अभियन्ता सरोज रायले भारतबाट पुनः एक १४ वर्षिय किशोरीलाई उद्धार गरेका छन । रौतहट जिल्लाको सदरमुकाम गौरकि स्थानिय १४ वर्षिय किशोरीलाई ५५ वर्षिय नाम नखुलेका आफनै नातेदारले ललाई फकाई भारतको मुवंइ लग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेपछि भारतबाट अभियन्ता राईले उद्धार गरेर नेपाल फर्काउन सफल भएका छन ।
गत जेठ ३ गते रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाबाट मुश्लिम थरकि एकजना १४ वर्षीय किशोरीलाई नातामा फुफा (बुवाको वहिनी ज्वाई ) पर्नेले किशोरीकै १३ वर्षिय केटा साथीको सहयोगमा ललाई फकाई ठगेर भारत लगे । भारतमा तिन दिन बोर्डर छेउमा रहेको बर्गनीयामा राखे, त्यस पछि सितामढीमा दुई तिन दिन राखे र त्यंहाबाट मेरो घरको सानो तिनो काम गर्नु भनेर मुम्बई लग्दै गर्दा सितामढी रेल्वे स्टेशनमा प्रहरीको नजरमा परेपछि पक्राउ परे ।

किशोरीसंग संगै हिंडेका नाम नखुलेका केटा त्याहाबाट भागन सफल भए भने भारतीय प्रहरीले किशोरीको ५५ वर्षिय नातेदार (नाम नखोलिएको) र किशोरी.(नाम नखोलिएको) लाई त्याहा स्थित बालकल्याण समिती (सिडव्लुसीको जिम्मा लगाए । बालकल्याण समितिले किशोरीको नातेदार पर्ने व्यक्तिको बयान लिएर तत्कालै छोडरे किशोरीलाई भारतको मधुवनी स्थित बालीका गृहमा पठाए ।
किशोरीको वयान पछि उनि नेपालको रौटहटबासी भएको पतो लागेपछि सिडव्लुसी सितामढिका कर्मचारीले समाजीक अभियन्ता सरोज रायलाई किशोरीकोे आमाबुवा र घरठेगाना खोजविन गरिदिन तथा उद्धार प्रकृयाको लागि आग्रह गरे ।
यता अभियन्ता रायले किशोरीका आमाबुवालाई छोरीको विषयमा खोजविन गर्दा आफुलाई छोरी गायव रहेको र कता हराएको विषयमा केहि जानकारि नरहकेको वताए । त्यसपछि छोरी भारतको सितामढि स्थित वालगृहमा रहेको जानकारि दिइएपछि किशोरीलाई भारतबाट घर फिर्ता ल्याउन आवश्यक पर्ने सबै कागजात संकलन गरि र सामाजिक अनुसन्धान रिपोर्ट (एस आइ आर) तयार गरि अभियन्ता रायले दिपही बस्ने टिएमएनसीको सदस्य बच्चालाल यादवलाई केटीको आमाबुवा संगै सितामढी, भारत पठाए । सबै प्रकृया पुरा गरि भारत स्थित बाल कल्याण समितिले किशोरीलाई बच्चालालको रोहवरमा जेष्ठ २० गते बुधवार आमाबुवालाई जिम्मा लगाए ।

नेपाल फर्केकि किशोरीले आफुसंग सोही नातेदार पर्ने व्यक्तिले आफुलाई मुंवई बेच्न लगेको कुरा र पटक पटक वलात्कार समेत गरेको कुरा पनि जानकारि दिएको अभियन्ता रायले जानकारि दिएका छन । अभियन्ता रायका अनुसार सितामढिमा छदा आफुलाई बल जबर्दस्ती गलत (रेप) गरिएको किशोरीले जानकािर दिएको वताए ।

यता किशोरीको उक्त जानकारी पछि अभियन्ता रायले सबैलाई गौर स्थित जिल्ला प्रहरी कार्यालयमा लगी बलात्कार तथा बेचविखन सम्वन्धि उजुरी समेत दिएको छ । अभियन्ता रायले बेचविखन देखि लिएर वलात्कार सम्मको गम्भीर अपराध गरेकोले आरोपीतलाई हदैसम्मको कारवाही गर्नका लागि आग्रह समेत गरेका छन भने जिल्ला स्थित समन्धित निकायलाई यस घटनालाई गम्भीरताका साथ लिएर पिडीतलाई न्याय दिलाउनका लागि पहल गर्न समेत उनले आग्रह गरेका छन ।


