सिरहा जिल्ला सदरमुकामस्थित जिल्ला अदालत बार एसोसिएसनको कार्यालय रहेको भवनमा बम विष्फोट भएको छ । विष्फोटमा परेर एक जना सहयोगी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यलय प्रमुख उपरीक्षक वासुदेव पाठकका अनुसार बार एसोसिएसनको भवनमा सटर लिएर ल फर्म चलाइरहेको कानुन व्यवसायी अधिवक्ता मकसुदन यादको ‘ल फर्मम’मा विष्फोट भएको हो । विष्फोटमा फर्ममा काम गर्ने ३५ वर्षीय सहयोगी सौरभ यादवको हात खुट्टामा चोट लागेको छ ।
चोट लागेका यादवलाई प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
विष्फोट भएको ठाउँमा कुनै पर्चा पम्पलेट फेला नपरेकोले विष्फोट कसले किन गराएको यकिन नभएको प्रहरी प्रमुख पाठकले बताउनुभयो । सुतली बम हो कि अन्य कुनै बम हो यसवारे यकिन नभएको उहाँले भन्दै विष्फोट गराउने समूहको खोजीमा प्रहरी लागि सकेको बताउनुभयो ।


