सर्लाही । सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित एक युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ९ की पम्मीकुमारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीलाई देखेर मलंगवा–९ स्थित
पम्मीले टाउँकोमा बाँसको ढाकीमा केही सामान बोकी मलंगवा तर्फबाट भारत तर्फ जानेक्रममा खेतमा घोप्टयाई फरार भएकी थिइन्।
नेपालबाट सोनवर्षा तर्फ गई रहेको अवस्थामा गस्ती टोलीलाई देखी ढाकी खेतमा घोप्टयाई सो ठाउँबाट भागेकोमा सो ढाकी नजिक प्रहरी गएर हेर्दा ढाकीभित्र खरानी रहेको र सो खरानी भित्र लुकाई राखेको अवस्थामा दुई वटा पोकामा लागु औषध गाँजा जस्तो पदार्थ फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
ढाकी घोप्टयाई फरार भएकी पम्मीलाई मलंगवा न ९ का धनराज साहको घर लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले पम्मीले बोकेको ढाकीबाट १३ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




