एजेन्सी । रतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाका ४ हजार ५ सय १८ जना नयाँ संक्रमित भेटिएका छन् । यतिबेला ९ जना कोरोना संक्रमितको मृत्यु पनि भएको छ ।
स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमित बढेर २५ हजार ७८२ पुगेको छ । आइतबार यो आँकडा २४ हजार ५२ थियो ।



भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३२ लाख ८१ हजार पुगेको छ । यस्तै, यो संक्रमणका कारण कुल ५ लाख २४ हजार ७०१ जनाको मृत्यु भएको छ ।




