औरही - सरसफाइ नहुँदा औरही बजार दुर्गन्धित बन्दै महोत्तरी जिल्लाको औरही नगरपालिका १ स्थित औरही बजार दुर्गन्धित बनेको छ । औरही नगरपालिका २ मा रहेको श्री प्रसाद सिंह माबि बिधालयले प्रत्येक वर्ष लाखौंमा वजार ठेक्का लगाउने गर्छन् तर बजारको सर सफाइमा कुनै ध्यान दिदैनन् ।
यद्यपी सससफाइको लागि एक कर्मचारी पनि नियुक्त गरिएको छ।
तर कर्मचारीले बसेर तलब खाने काम मात्र गरेको देखिन्छ । यता वजार सरसफाइ नहुँदा फोहर थुप्रेर पुरै वजारमा दुर्गान्ध फैलिएको व्यापारीहरुले गुनासो गरेका छन्। हप्ताको दुई दिन मंगलवार र शुक्रवार बजार लाग्ने गर्छ। औरही उद्योग बाणिज्य संघ भए पनि सरसफाई गर्नका लागि कुनै चासो नलिएको स्थानिय ब्यापारी बिपिन चौधरीले बताए ।
यस बजारमा औरही, गौशाला, भंगहा, पशुपतिनगर, रामगोपालपुर, बर्दिवासका ब्यापारीहरु कपडा, माछा, मासु, लागयत हरियो साग तरकारी विक्रि गर्नका लागि बाहिरबाट व्यापारीहरुले ल्याएको तरकारी सडे गले पछि वजारमा नै फाल्ने गरिन्छ तर सरसफाइ नहुँदा बजार दुरगन्धित बन्दै गईरहेको छ। पसलको अगाडि फोहर फालिएको छ हवा चल्दा नाक छोपेर दिन रात खाना खान सकिने अवस्था नरहेको औरही नगरपालिका १ औरही बजारका स्थानिय सुरेश साहले वताए ।
तरकारी व्यापारी, माछा, कुखुरा काट्ने व्यापारीहरु लाई बजारमा फोहर नफाल्न भने पनि कुरा नटेरेको उनले भने। बर्दिवास-जलेश्वर हुलाकी मार्गको सडक खण्डमा पर्ने औरही बजारमा प्राय जसो व्यापारीहरु औरही नगरपालिकाको छेउ छाउ गाउँका छन् ।उनिहरु प्रत्येक बजार सयौको संख्यामा साईकल मोटर साईकलमा तरकारी लोड गरेर बेचबिखन गर्ने गरेका छन् ।