विशाल बस्नेत, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले बर्दिबास नगरपालिकाका सम्पुर्ण क्रसर उधोग मापदण्डअनुसार रहेको बताएका छन ।
लाइसेन्स नविकरण प्रदेश सरकारको सिफारिसमा संघिय सरकारले गर्ने भएकाले बर्दिबासका लाइसेन्सप्राप्त सवै क्रसर उधोग मापदण्डअनुसार नै भएको उन्को जिकिर छ ।



क्रसर तथा खानी उधोग व्यवसायी संघले आयोजना गरेको कार्यक्रमलाइ संवोधन गर्दै नगरप्रमुख क्षेत्रीले लाइसेन्स प्राप्त क्रसर उधोग कसरी अवैध बने ? भन्दै प्रतिप्रश्न गरे ।
उन्ले भने : ‘मापदण्ड पुर्याएर लाइसेन्स लिएका क्रसर उधोगलाइ नगरवाट कुनै कारवाही गर्न सकिँदैन ।’
प्रक्रिया पुर्याएर खोलिएका क्रसर उधोगलाइ नगरले सहयोग गर्ने वताउदै नगरप्रमुख क्षेत्रीले ब्यवसायीहरुलाइ समस्या बन्नेगरी कुनै कारवाही नगर्ने पनि नगरप्रमुख क्षेत्रीले प्रष्ट बनाएका छन ।
तर ढुङगा गिटी, बालुवा उत्तखनन तथा बिक्रीवितरण समबन्धी ऐन २०७७ अनुसार क्रसर उधोग संचालनको मापदण्ड समेत निर्धारण गरेको छ । क्रसर उधोग संचालन गर्दा राजमार्गवाट ५ सय मिटर दुरीमा, खोला वा नदि किनारवाट ५ सय मिटर दुरीमा, बिध्यालय, घनाबस्तिवाट २ किलोमीटर दुरीमा, चुरे पहाडको फेदिवाट १५ सय मिटर दुरीमा जस्ता मापदण्ड उल्लेख गरिएको छ ।
अघिल्लो स्थानिय सरकारले गरेको अनुगमनमा धेरैजसो क्रसर उधोग ढुङगा, गिटी, बालुवा उत्तखनन तथा बिक्रीवितरण ब्यवस्थापन २०७७ अनुसार नरहेको निष्कर्ष निकालेको थियो ।
यता क्रसर उधोगीहरुले पनि आफुहरुलाइ सरकारले भेदभाव गरेको वताइरहेको वेला नगरप्रमुखको प्रतिबद्धताले क्रसर व्यवसायीहरुले राहत महसुस गरेका छन ।
अवैध भएको ठहर भएमा मात्र तुरुन्तै कारवाही हुने वताउदै नगरप्रमुख क्षेत्रीले पत्रकारहरुलाइ पनि मापदण्डको बिषयमा थप प्रष्ट बन्न अनुरोध गरेका छन ।
नगरप्रमुख क्षेत्रीको यो अभिव्यक्तीले नगरभित्र तरङ्ग ल्याएको छ । लाइसेन्स नविकरणलाइ मात्र वैध मान्नुपर्ने उन्को अभिब्यक्तीले ञढुंगा, गिटी, बालुवा उत्तखनन तथा बिक्रीवितरण समबन्धी मापदण्ड २०७७झ लाई भने धज्जी उडाइएको आरोप लागेको छ ।




