
बागलुङ- तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
तमानखोला गाउँपालिका-१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तमानखोला गाउँपालिका-१ मा रहेको बुद्ध आधारभूत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरूले यही जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुनकुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थिए।
नियन्त्रणमा लिइएका दुवैविरुद्ध सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।