बिष्णु यादव,गौशाला। अहिलेको युगमा शिक्षा नभई नहुने हुँदा स्थानियतहदेखी लिएर केन्द्रीय सरकारले यस क्षेत्रमा बिशेष जोडदिनुपर्ने गौशाला नपा वडा नंम्बर ६ फुलकाहाका नबनिर्बाचित वडा अध्यक्ष रामस्वार्थ यादवले बताउनु भएको छ ।
मंगलबार बिहान स्थानिय मा.बि.भेडियाही फुलकाहाका प्रध्यानाध्यापक धर्बेन्द कुशबाहाले आयोजना गरेको नब निर्बाचित वडा नंम्बर ६ का वडा अध्यक्ष र सदस्यहरुको सम्मान कार्यकममा यादवले सो कुरा बताएका छन् ।
सम्मान् कार्यकमको सम्बोधन गर्दै बिधालयको शैक्षिक अबस्था मजबुत गर्न वडा अध्यक्ष यादवले कक्षा एकदेखी तिन कक्षासम्म अंग्रेजी माध्यममा पठन पाठन र त्यसमा आबश्यक पर्ने पाठ्य पुस्तकका लागी आफ्नो एक महिनाको तलब बिधालयलाई दिने गरी दुईवटा धोषणा गरेका हुन ।
सोही अबसरमा यादवको पहलमा स्थानीय युवाहरुले तिस हजार नगद बिधालयको कोषमा जम्मा गरेका छन । एसैबिच बिधालयका प्रध्यानाध्यापक कुशबाहाले अध्यनरत कक्षा एकदेखी नौकक्षा सम्मका जेहेन्दार,दलित सहितका छात्र छात्रालाई छात्रवृती समेत बितरण गरेको स्थानिय युवा रामसेवक यादबले जानकारी दिनुभयो ।




