औरही – महाेत्तरी जिल्लाका १५ वटै पालिकाको सम्पूर्ण निर्वाचन प्रकृया सकिएकाले बुधवार जिल्ला समन्वय समिति (जिसस) महोत्तरीको गठनका लागि निर्वाचन हुदै छ । संविधानले जिल्लाका गाउपालिका र नगरपालिका वीच समन्वय गर्न जिल्ला समन्वय समितिको परिकल्पना गरेकोले यसको गठनका लागि चुनाव हुन लागेको हो। प्रकृयात्मकढंगमा जिसस चुनावलाईजति सरल र सहज मानिन्छ राजनीतिक दृष्टिले यो उत्तिकै पेंचिलो चुनाव पनि हो ।
जलेश्वर स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय अनुसार प्रमुख, उपप्रमुख सहित ९ पदको लागि हुने जिसस निर्वाचनमा १८जनाले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दिनेमा प्रमुख सहित जसपाले ४, उपप्रमुख सहित कांग्रेसका ५ जना छन् । अर्को तर्फ प्रमुख सहित लोसपाले ४, उपप्रमुख सहित एमालेले २, स्वतंत्रले २ र तमलोपाले १ पदमा उम्मेदवारी दिएको छ । जिससको ९ पदका लागि २ प्यानल भएर दोव्वर संख्यामा उम्मेदवारी परेकोले कसले लेला जिससको नेतृत्व ? राजनीतिक वृतमा अहिले । यहि विषय चर्चा वहस र जोडघटाउको केन्द्रमा छ ।



यो प्रश्नको जवाव खोज्नु पूर्व जिसस –
निर्वाचनको प्रकृया र व्यवस्था वुझनु पर्ने हुन्छ । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीनजना महिला सदस्य हुनु पर्ने नियममा अनिवार्य व्यवस्था गरिएको यसका लागि जिल्ला समन्वय समितिमा निर्वाचित वडाध्यक्ष र सदस्य समेत उम्मेदवार वन्न पाए पनि मतदान भने प्रमुख र उपप्रमुखले मात्र गर्न पाउने नियममा व्यवस्था छ ।
महोत्तरीका १५ स्थानिय तह भएकाले मतदान पनि स्थानिय तहका प्रमुख र उपप्रमुखले मात्र गर्न पाउछन् । सोही कारण जिसस महोत्तरीको निर्वाचन पनि यही ३० मतदाताको जोडघटाउमा केन्द्रित छ । स्थानिय तहको सम्पन्न मतपरिणाम अनुसार महोत्तरीमा कुनै पनि दल एकलैको बुताले जिसस गठन गर्ने हैसियतमा छैनन् । कारण समिति गठनको लागि १६ मतको आवश्यकता पर्छ । त्यति मतभार कुनै दलसंग पनि देखिदैन । जिल्लाको १५ पालिकामध्ये जनता समाजवादी पार्टी (जसपा) एक्लैको ५ प्रमुख र ६ उपप्रमुख गरि ११ मतभार छ ।
जसपाले ६ जनालाई मनाउन सके समन्वय समितिको नेतृत्व हात पार्न सक्छ। उता लोकतांत्रिक समाजवादी पार्टी (लोसपा) जिल्लाको दोश्रो ठूलो दलको हैसियतमा देखिएको छ । लोसपासंग ५ प्रमुख र ३ उपप्रमुख गरि ८ मत छ । तेश्रो मतभार हुने कांग्रेससंग २ प्रमुख र ४ उपप्रमुख गरि ६ मत छ। बाकी रहेका दलमा एमालेसंग २, स्वतंत्रको २ र तमलोपासंग १ मत छ। केन्द्रमा ५ दलिय गठवन्धन भए पनि दलहरुले एक्लाएक्लै चुनाव लडेकाले महोत्तरीमा स्थानीय तहको निर्वाचनमा गठवन्धको प्रभाव देखा परेन। तर जिससको चुनावसम्म आई पुग्दा भने अवस्था फेरिएको छ । मत परिणामले दलहरुलाई गठवन्धनमा जान वाध्य पारेको छ ।
मतभारको अंकगणितले जिससको निर्वाचनमा जसपा कांग्रेसलाई निकट ल्याएको छ। दुवैले गठवन्धन बनाएर अगि बढेका छन् । यो गठवन्धनमा जसपाले प्रमुखमा कृष्णशंकर साहसहित ३ सदस्य र कांग्रेसले उपप्रमुख धमेन्द्र यादवसहित ४सदस्यमा तालमेल गरि उम्मेदवारी दिएका छन् ।
जसपा-कांग्रेससंग १७ मतभार रहेकोले यो गठवन्धनको जीत सुनिश्चित भएको दावि गरिएको छ ।’३० मध्ये हाम्रो गठवन्धसंग १७ मत भएकोले हाम्रो जीत निश्चित छ’महोत्तरी कांग्रेस अध्यक्ष नागेश्वर यादवले ठोकुवा गरे । यसको विपक्षमा स्वतंत्र समेत ४ दलिय गठवन्धनले मनोनयन दर्ता गराएका छन् ।
यो गठवन्धको प्रमुखमा लोसपाका सुमनलाल कर्ण सहित ३ सदस्य, उपाध्यक्षमा एमालेको नन्दु महरासहित १ सदस्य, स्वतंत्रले २ र तमलोपाले १ सदस्यमा तालमेल गरेका छन् । यो गठवन्धनसंग ३० मध्ये १३ मतभार मात्र भएकोले यसको जीतमाने आशंका गरिएको छ । तर निर्वाचन हो अन्तिम मत परिणम नआउन्जेलसम्म अहिलेनै ठोकुवा र गर्नु हतार हुने कुरा वताउछन् लोसपा अध्यक्ष रामवावु यादव ।
’दलिय र गणितिय हिसावले उनीहरु ने बलियो देखिए पनि यो चुनावी ’खिचडी’ हो फरकढंगले पानि पाकन सक्छ’ यादवले घुमाउरो पाराले । भने ’अन्तिम परिणामसम्म त पर्खनै पर्छ।’




