
महोत्तरीको बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
मंगलबार नगरसभाको १६ ओे अधिवेशनमा उपप्रमुख तारा देवी महतोले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।
उक्त बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान संघिय सरकारबाट ८७ करोड ४५ लाख ५८ हजार ५ सय १० र प्रदेश सरकारबाट ४ करोड ५३ लाख ६३ हजार ७ सय २०, आन्तरिक आय तर्फबाट २५ करोड ४० लाख ८७ हजार ७ सय ७० प्राप्त हुने अनुमान तथा संघीय सरकार र मधेस प्रदेश सरकार र नगरपालिकाकाे आन्तरिक आयबाट कुल चालु आव ०८१/०८२ बाट बचत भई अनुमानित मोज्दात रु ५ करोड गरी ०८२/०८३ को अनुमानित बजेट रु १ करोड २२ करोड ४० लाख १० हजार हुने अनुमान गरिएको छ ।

यस्तै चालु बजेट तर्फ नगरपालिकाकाे कार्यालय, वडा कार्यालय कार्य संचालन तथा अन्य प्रशासनिक एवं पूँजिगत खर्च तर्फ २३ करोड ६३ लाख बिनियोजन गरिएको छ भने बर्दिवास अस्पताल, स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको तलब भत्ता अन्य स्वास्थ्य उपकरण औषधी खरिद लगायतका कार्यकमा लागि ६ करोड ३२ लाख ७५ हजार बिनियोजन गरिएको छ।
त्यसैगरी पूँजिगत तथा विकास बजेट तर्फ नगरका विभिन्न सडकहरु कालोपत्रे ढलान तथा स्तरोन्नती गर्न सडक निर्माण तर्फ ५ करोड ६ लाख १५ हजार तथा संघीय सरकारको समपुरक अन्तर्गतका योजनाहरुमा कार्यालयबाट लागत साझेदारी गर्न नगरपालिकाको म्याचिंग फण्डमा रकम र ३ करोड प्रस्ताव गरिएको छ।
शिक्षा तर्फबाट २ करोड ५० लाख, खेलकुदको लागि ४० लाख विनियोजन प्रस्ताव गरिएको छ।
खानेपानी तथा सरसफाइ तर्फ ८५ लाख , जलश्रोत तथा सिंचाइ तर्फ ६८ लाख, पर्यटन तर्फ ४० लाख , भवन तथा शहरी विकास तर्फ २ करोड विनियोजन गरिएको छ ।
लैंगिक समावेशीकरण तथा सशक्तिकरण तर्फ १ करोड ७८ लाख, सहकारी तर्फ ५ लाख , कृषि पशुपंक्षीतर्फ ४ करोड, न्यायिक समिति तर्फ १० लाख, विपद व्यवस्थापन तर्फ ८१ लाख ७५ हजार, उर्जा तथा ग्रामिण विधुतीकरण १२ करोड २५ लाख ४५ हजार बिनियोजन गरिएको उप प्रमुख तारादेवी महतोले पेश गरेकी बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
बजेटको सन्दर्भमा नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताए। उनले यो बजेटले समृद्ध नगर बनाउने अभियानमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।