
बर्दिवास- नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को मधेश प्रदेश अध्यक्षमा कुल प्रसाद गौतम (शिवहरी) चयन भएका छन ।
शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न दोश्रो अधिवेशनले लालबन्दी—१७,रानीगंज घर भएका गौतमको अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
समितीको उपाध्यक्ष त्रयमा भैयाराम सहनी, जितेन्द्र यादव र भक्ति अग्रवाल चयान भएका छन । त्यसैगरि सचिवमा सतिसचन्द्र सिंह, सह–सचिवत्रयमा असोक महतो, रंजिव साह र मनिषा चौधरी, कोषाध्यक्षमा संगीता गौतम लगाएत अन्य सदस्यहरु चयन भएका छन ।
अञ्जना सिवाकोटीको अध्यतामा बसेको अनेरास्ववियु मधेश प्रदेश कमिटिको प्रथम प्रदेश बैठकले ३९ जना रहेको प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो । गौतम केहि दिन अघि लालबन्दी नगर कमिटिका सचिवसमेत चुनिएका छन । उनी लालबन्दी जेसीजका कोषाध्यक्षसमेत हुन ।