जनकपुुरधाम- धनुषाको वटेश्वरमा आयोजित राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८ को उपाधी माथि सुदुरपश्चिम प्रदेशले कब्जा जमाउन सफल भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकामा मंसीर २३ गते देखि आयोजित बटेश्वर गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८ को आज भएको फाइनल खेलमा सुदुरपश्चिम प्रदेशले ८ अंक को विरुद्ध ५४ अंक ल्याई लुम्बिनी प्रदेश माथि भारी अंकको अन्तरले विजयी प्राप्त गरेको हो ।
प्रतियोगितामा सुदुर पश्चिम प्रदेश प्रथम, लुम्बिनी प्रदेश २ द्वितिय र बाग्मती प्रदेश र गण्डकी प्रदेशले तृतिय स्थान प्राप्त गरेका हुन् ।
प्रथम भएका सुदुरपश्चिम प्रदेश टिमलाई शिल्ड, प्रमाणपत्र, तक्मा सहित एक लाख पाँच हजार पाँच रुपैयाले बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले सम्मान गरेका छन् ।
दोश्रो भएका लुम्बिनी प्रदेशका खेलाडीलाई शिल्ड, प्रमाणपत्र, तक्मासहित पचास हजार पाँच सय पाँच रुपैया बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रर्मिला देवी सिंहले प्रदान गरे ।
तेश्रो भएका बागमती प्रदेशलाई प्रमाणपत्र, तक्मा र नगद पच्चीस हजार रुपैया शिवशक्ति युथ क्लवका अध्यक्ष टक बहादुर घु्रुङ्गचिङ्गले प्रदान गरे । तेश्रो भएका गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रमाणपत्र, तक्मासहित नगद पच्चीस हजार क्लवका सल्लाहकार जिवन भुजेलले प्रदान गरे ।त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदुपश्चिमकी खेलाडी सुनिता थापालाई र वेस्ट डिफेन्डरको पुरस्कार सुदुरपश्चिम कै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ।
वटेश्वर गाउँ पालिकाको संयोजन तथा शिव शक्ति युथ क्लव बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा ७ वटै प्रदेशको टिमको सहभागीता रहेको प्रतियोगिताको प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाए ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गापा अध्यक्ष डम्बर बहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुको साथै देशको नाम समेत प्रख्यात गराउन सहयोग पुर्याउने भएको हुँदा यस्ता किसिमको प्रतियोगिताहरूमा गाउँ पालिकाले संयोजन गरेको बताए ।
उनले खेलाडी राष्ट्र को गहना भएकोले उनिहरूको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी राज्यको भएको हुँदा आफू स्थानीय सरकार प्रमुखको हैसियतले थोरै भए पनि प्रयास गरेको बताए।
फाइनल अघि भएको सेमिफाइनलमा खेलमा सुदुरपश्चिम प्रदेशले ४८ अंक ल्याई गण्डकी प्रदेशलाई २३ अंक मै सिमित गरेका थिए । सेमिफाइनलको खेलमा कडा प्रतिस्पर्धाकाविच लुम्बिनी प्रदेशले ३१ अंक ल्याई फाइनलमा प्रवेश भएका थिए । बाग्मती प्रदेशले २९ अंक ल्याई तेश्रो भएका हुन् । बटेश्वर गाउँ पालिकाको ८ लाख आर्थिक सहयोग र बटेश्वर गापा वडा नं. ४ ले ३ लाख सहयोग गरेका छन् । दोश्रो पुरस्कारको व्यवस्थापन भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले गरे । बटेश्वर गाउँपालिकाको संयोजन तथा शिव शक्ति युथ क्लव बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा ७ वटै प्रदेशको टिमको सहभागीतामा उत्साहपूर्वक रुपमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगिताका प्रचार प्रसार समितिको संयोजक मदन बिकले जानकारी दिए । प्रतियोगितामा बेस्ट रेडर सुदुुरपश्चिम प्रदेशका खेलाडी सुनिता थापालाई नगद दुई हजार पाँच सहित सम्मान गरिएको छ । वेस्ट डिफेन्डरको रुपमा सुदुरपश्चिमका खेलाडी निशा बोहरालाई दुई हजार पाँच सयसहित सम्मान गरिएको छ । प्रतियोगिताको म्यान अफ दि म्याचको रुपमा सुदुरपश्चिम प्रदेशका खेलाडी सुनिता थापालाई दुई हजार एक सय रुपैयाले सम्मान गरिएको आयोजक क्लवका सल्लाहकार जीवन कुमार भुजेलले बताए। प्रतियोगितामा कब्बडीका मुख्य प्रशिक्षक विष्णु दत्त भटटलाई बटेश्वर गापा वडा ३ का अध्यक्ष हिरालाल महतोले मायाको चिनो प्रदान गरि सम्मान गरे । कब्बडी संघका केन्द्रिय सदस्य नरेन्द्र मानन्धर, कब्बडी खेलका व्यवस्थापक मनोज सिंह दनुवारलाई मायाको चिनोले सम्मान गरिएको छ । प्रतियोगितामा खेलाडीहरुको लागि यातायातको व्यवस्थापन गर्ने गंगोत्री स्कुलका प्रिन्सिपल गणेश साह, संचारकर्मी अजय साह, दिपेन्द्र सिंह, विजय साह लगायतकालाई मायाको चिनो र प्रंशसा पत्रले सम्मान गरिएको प्रतियोगिताका व्यवस्थापक अनिल लामाले बताए।