काठमाडौँ- नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति गगन थापा ले ‘देश, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यसबारे जानकारी दिएका हुन् ।



बैठकले गरेको निर्णयअनुसार, अबको दशकका लागि कांग्रेसको कार्यदिशा र मुलुकको राजनीतिक अवस्थालाई समेटेर सभापतिले उक्त प्रस्ताव तयार पार्नेछन् । ‘देश, लोकतन्त्र र कांग्रेस : अबको दशक’ नाम दिइएको सो प्रस्तावले १५ औँ महाधिवेशनमा पार्टीको मुख्य राजनीतिक मार्गचित्र तय गर्ने सभापति थापाले बताए ।
‘१५ औँ महाधिवेशनमा सभापतिले अबको दशकलाई लक्षित गरी राजनीतिक प्रस्ताव पेस गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ,’ थापाले बैठकमा भने, ‘यसले देशको वर्तमान अवस्था, लोकतन्त्रको सुदृढीकरण र कांग्रेसको आगामी भूमिकालाई स्पष्ट पार्नेछ।’




