जनकपुरधाम- जनकपुरधाममा ‘जनकपुरधाम हेरिटेज एप’ शुभारम्भ भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका लागि यूके एड र सुदृढ परियोजनद्वारा निर्माण गरिएको मोबाइल एप बुधबार जनकपुरधाम उपमहानगरपालिकाको सभा कक्षमा आयोजित एक कार्यक्रमका बिच जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले सो एपको शुभारम्भ गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले,‘एपको माध्यमबाट जनकपुरधामका पर्यटकीय स्थलको बारेमा विश्वले थाहा पाउनुको साथै यहाँ आउने पर्यटकहरुलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न सहज हुने बताएका छन । उनले जनकपुरधाममा वर्षभरी मनाइने संस्कृतिक कार्यक्रमको बारेमा सो एपमा उल्लेख गर्न सुझाव समेत दिएका छन । एपमा अंगेजी, नेपाली, मैथिली र हिन्दी भाषा समोवेश गरिएको छ । सो एपको माध्यमबाट जनकपुरधामका करिब एक सय वटा पर्यटकीय स्थलको भ्रमण सहजै गर्न सकिने आईटी अफिसर अनिलकुमार अनतले जानकारी दिएका छन् ।
यो एप तत्काल एन्ड्रोएड मोबाइलमा मात्र चल्ने जनाइए पनि केही दिनमै सबै खालको मोबाइलमा चल्ने जनाइएको छ । जनकपुरधाम उपमहागनरपालिकाको अधिकारीक साइटमा गएर स्क्यान गरेर र मोबाइलको प्ले स्टोरबाट मोबाइलमा राख्न सकिने जनाइएको छ । जनकपुरधामका लागि सुदृढ गैर सरकारी संस्थाको सहयोग र यूके एडको आर्थिक सहयोग निर्माण गरिएको सो एपमा जनकपुरधामका मुख्य मुख्य पर्यटकीय स्थललाई सहजै मोबाइलमा हेर्न सकिने छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्याय, बेलायती दुतावसकी सल्लाहकार सविता थापा वरिष्ठ पत्रकार रामभरत साह, एपसँग सम्बन्धित संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।