महोत्तरी - उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले दक्षता हासिल गर्न आग्रह गरेका छन् । विना सीप वैदेशिक रोजगार होस वा स्वदेशमै रोजगारी प्राप्त गर्न कठिनाई रहेका कारण दक्ष व्यक्तिको आवश्यकता रहेको बताएका थिए । होटल एसोशिएसन नेपाल (हान) र युएनडिपी तथा नेपाल टुरिज्म बोर्ड (एनटीवी)को संयुक्त आयोजनामा कुकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री महतोले दक्ष, अनुभवीको अहिले पनि खाँचो रहेको बताएका थिए । उनले दक्षता भनेकोनै पहिचान हो र काम कुनै ठूलो वा सानो नभएका कारण जुन काम गरिन्छ त्यसमा दक्षता प्राप्त गर्न आग्रह गरेका थिए ।
जनकपुरधाममा मात्रै दर्जनौ कुकहरु बाहिरवाट ल्याइएको बताउँदै मन्त्री महतोले यहाँका व्यक्तिहरुनै दक्ष भए बाहिरवाट मान्छे ल्याउनुपर्ने आवश्यकता पनि नरहने र रोजगारी पनि सृजना हुने भएकाले दक्षता प्राप्त गर्न यहाँका युवाहरुलाई उनले सुझाव दिएका थिए । वैदेशिक रोजगारमा पनि दक्ष व्यक्तिहरुको आवश्यकता पर्छ तर, कुनै सीपनै नसिकी बैदेशिक रोजगारमा पनि जाँदा दुःख पाउनु बाहेक अरु केही पाउँदैन् ।
सात दिन सम्म चलेको सो कुक तालिममा विभिन्न प्रकारका खाना पकाउने टिप्सहरुको बारेमा जानकारी गराइएको थियो ।




