सुजाता राई
विराटनगर। नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाले शनिबार दाहाल प्रतिष्ठानको सभा हल, विराटनगर–४ मा आफ्नो मासिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
साहित्यिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै संस्थाले आगोमा परेर घाइते भएका सदानन्द मुखियाको उपचार सहयोगका लागि संकलित रकम समाजसेवी करिम अन्सारीमार्फत हस्तान्तरण गरेको थियो। मुखियाको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग गर्ने उद्देश्य संस्थाले राखेको थियो।

कार्यक्रममा नोबेल साकोस शाखाकी अध्यक्ष मन्जु घिमिरे (दाहाल) को अध्यक्षता थियो भने नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

विशिष्ट अतिथि रुपमा लघुकथाकार रामकुमार पण्डित (काठमाडौं) र वरिष्ठ पत्रकार तथा लेखक यज्ञ शर्मा उपस्थित रहे।
साथै नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङल, खोटाङ समाज सेवाका अध्यक्ष कृष्ण प्र. भण्डारी (मार्सेली) र मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमि कामत लगायतको सान्दर्भिक उपस्थिति रहेको थियो।
कार्यक्रममा सुरेश कुमार अग्रवाल, सुशीला प्रसाई, गीता देवी पोखरेल, चन्द्रकान्त भट्टराई, रामकुमार पुण्य चौलागाईं, चूडामणि घिमिरे (गोपाल), नानुमैया दाहाल, केशव रिजाल, एटर्नी उद्धव केसी, करीम अन्सारी, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, भूपाल अधिकारी, ऋषि तिवारी, कुमार श्रेष्ठ, शान्ता भट्टराईलगायत सहभागीहरुले बहुभाषिक रचना वाचन गरी साहित्यिक माहोललाई अझ जीवन्त बनाए।
कार्यक्रमको स्वागत मन्तव्य भूपाल अधिकारी ले प्रस्तुत गरेका थिए भने सञ्चालन सुजाता राई ले गरेकी थिइन्।





