महोत्तरी- विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शुक्रबार आन्दोलन घोषणा गरेको छ । महासंघले विधेयकमा परिमार्जनको माग सहित विरोध कार्यक्रम घोषणा गर्दै आज पालिका स्तरीय ज्ञापन पत्र सहित धर्ना सुरु गरेकोछ ।

अहिले पनि महोत्तरीका विभिन्न पालिका जस्तै औरही नगरपालिका,गौशाला नगरपालिका,बर्दिवास नगरपालिका,सोनाम गाउपलिका र पिपरा गाउपलिका लगायत अन्य पालिकाहरुका शिक्षकहरुले ज्ञापन पत्र सहित धर्नामा बसेको औरही नगरपालिकाका शिक्षक गोपाल यादवले बताउनु भयो । माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा रहने संविधानको व्यवस्थाप्रति असन्तुष्ट महासंघले विधेयकका व्यवस्था सुधार गरेर मात्र प्रक्रिया अघि बढाउन सरकारलाई चेतावनी दिएको छ ।




बिद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार बिधालय शिक्षा ऐन जारी हुनुपर्ने महासंघको माग रहेको छ। नगरपालिकामा महासंघले भने शिक्षा ऐन जारी गर्दा स्थानीय तहको एकल अधिकार सूचीमा हस्तक्षेप नगर्न संघीय सरकारलाई आग्रह गर्दै आएको छ । शिक्षक महासंघले शिक्षक हकअधिकार, सेवासुविधाका कुरा पनि विधेयकमा समेटिनुपर्ने माग राख्दै धर्नामा बसेका छन् ।
साउन ३० गते जिल्लामा र ३२ गते प्रदेशमा पनि आन्दोलन गर्ने तैयारी रहेको महासंघले बताए ।







