सिरहा - सिरहा जिल्लामा जनता समाजवादी पार्टी नेपाललाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र नगर सदस्यसहित १५ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
सिरहाका पवन कुमार भण्डारी, पचलाल महतो, सुबोध कुमार सिंह, रोहित महतो, संजीव कुमार यादव, देवेन्द्र कुमार महतो, कुलानन्द झा, कुशेश्वर प्रसाद महतो लगायतले जसपा परित्याग लोसपाको सदस्यता ग्रहण गरेका छन् ।
नवप्रवेशीहरुलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता डा.सुरेन्द्र झालगायतले पार्टीमा स्वागत गरेका छन् ।
जसपा सिरहामा चरम गुटबन्दी, अवसरवाद हावी भएको भन्दै पार्टी परित्याग गरेको जसपाका मधेश प्रदेश समिति सदस्य संजीव कुमार यादवले आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
उनले जसपा नेतृत्वले मधेशको एजेण्डाप्रति इमान्दारिता नदेखाएको र चाप्लुसी गर्नेहरुलाई बढी स्थान दिने गरेको आरोपसमेत लगाए ।
उनले मधेशको एजेण्डामा लोसपा मात्र इमान्दार रहेको भन्दै आफू लगायतका नेताहरु लोसपामा प्रवेश गरेको बताएका छन् ।