
जनकपुरधाम- जनकपुरधामका मेयर मनोज कुमार साह र स्थानिय पत्रकारहरुको एक समुहको मंगलवार विहान ७ बजे उपमहानगरपालिका कै भैरवचौक स्थित अतिथि सदनमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा मेयर साहले जनकपुरधाम उपमहानगर पालिका एवं नगरक्षेत्रको पत्रकार तथा पत्रकारिताक्षेत्रको उत्थानको लागि नगरपालिका अग्रसर रह्ने बताए ।
एका बिहानै योग दिवसको अवसरमा श्री जानकी मन्दिरमा भारतिय दुतावासद्वारा आयोजित योग शिविरमा सहभागी मेयर साहको रामचौकमा पत्रकारहरु प्रतिक्षारत थिए । उपमहानगरपालिकाको हरियो गाडीमा सहयोगी सहित रामचौक आइपुगेका मेयर साह रामचौकमा गाडी बाट ओर्ले र तपाँइहरुसंगै अतिथि सदन जान्छु भन्दै मेयर साह पैदल हिड्न थाले ।

अतिथि सदनमा स्थानिय पत्रकारहरुसंगको पुर्व निर्धारित कार्यक्रम पत्रकार, सञ्चारमाध्यम, स्थानिय सरकार विषयमा चर्चा सुरु भयो । अधिकांशले पत्रपत्रिकाको प्रकाशन, अवस्था, चुनौती र विज्ञापन वितरण प्रणालीको विषयमा कुरा उठाए । एकजना पत्रकारले भने काठमाण्डौंका मेयर बालेन साहको काम र चर्चाको प्रसंग के कोटयाएका थिए मेयर साहले भने, ‘म मिडिया र फेसबुकमा भेटने बालेन साह होइन ।’
उनले आफु समाजिक सञ्जालमा पहिला प्रचार गरेर पछि काम गर्ने व्यक्ति नरहेको भन्दै जनकपुरधामको विकासका काम धमाधम भइरहेको बताए । मलाई मिडिया र फेसबुकमा आउने सौख छैन उनले भने, ‘म प्रचारबाजी भन्दा पनि काम गरेर देखाउनेमा विश्वास गर्छु ।’ उनले अगामि निति तथा कार्यक्रममा नगरको सफाईलाई गौरवको आयोजनामा राखेको खुलाए । २५ वटै वडाका संयन्त्र मार्फत वृहत सरसफाई मुख्य काम हुन्छ उनले थपे ।
ट्राफिक व्यवस्थापनको मुख्य चुनौती छाडा पशुको व्यवस्थापनका लागि १२ कठ्ठा जग्गा ठुगीसंग लिजमा लिएर काम सुरु भइसकेको उनले बताए । अव प्राकृतीक विपदाको समय आयो हामी संग विपद व्यवस्थापनमा एक करोड बजेट छ खर्च गर्ने कार्यविधी छैन कसरी हुन्छ ? मेयर साहको प्रश्न थियो ।
उपमहानगरको शिवपुरमा एक गाई फर्ममा अचानक आगो लागेको घटनामा आफु तुरन्त त्यहाँ पुगेर अवलोकन गरेको र एक गाई समेत जलेको दु:खद घटनाका पिडितलाई राहत वापत दुई लाख निकासा समेत गरिसकेको बताउदै उनले खोइ त मैले प्रचार गरेको ? प्रश्न गरे । आफु विशेष अवसर र परिस्थितीमा मात्र झाडु लिएर सफाईमा जाने गरेको बताउदै फोटो खिचाउने सौख आफुलाई नरहेको बताए ।
भेटघाटका क्रममा पत्रकारहरुले यस अघिका जनप्रतिनिधी र नगर प्रमुखहरुको स्थानिय पत्रकारहरुसंगको गलत व्यवहारका कारण उनीहरुको दुर्दशा भएको भन्दै मेयर साहलाई पारदर्शी, मुल्याङ्कन, समानता र समानुपातिकताको आधारमा सञ्चारमाध्यमहरुलाई व्यवहार गर्न आग्रह गरेका थिए ।