धनुषा- धनुषाको क्षीरेश्वरनाथको हारसरमा अज्ञात समूह द्वारा महेन्द्रनगरका बसन्त यादवलाई हातहतियार सहित कुटपीट गर्दै लुटपाट गरेर फरार भएको छ ।
मिथिला बिहारी नगरपालिका तारापट्टि बाट घर फर्किने क्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं १० हारसर स्थित ५-७ जनाको समुहमा रहेको लुटेराहरुकाे समूहले महेन्द्रनगरका ३२ वर्षीय बसन्त यादवमाथि आक्रमण गर्दै लुटपाट गरेको हो ।



उनलाई डाइगर ,सकर,चक्कु लगायतका हातहतियारले घाँटीमा छुरा हान्न खोज्दा प्रतिकार गरेर हल्ला गरेपछि खेतमा काम गर्ने महिलाहरु देखेर बचाउन आएपछि उनिहरु फरार भएका थिए ।
यादवको साथबाट उनिहरुले मोबाईल फोन सेट, पोकेटमा भएका पैसा सबै लुटेर लगेको घाईते यादवले बताए । यादवको अहिले उपचार महेन्द्रनगर स्थित स्थानीय क्लिनिकमा भइरहेको छ ।




