जनकपुरधाम- सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदह कोशी ब्यारेज खण्डमा विहीवार विहान वस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ हिडेको उक्त ना ५ ख १८९८ नम्बरको यात्रु वहाक बस अर्काे बसलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जना महिला यात्रुको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
विराटनगरबाट कटारी तर्फ हिडेको उक्त बसमा उनी कंचनपुर जाने भन्दै सुनसरीको भण्टावारीमा वस चढेकी थिइन । गम्भीर घाईते वसका सहचालक झापा मेचीनगरका ३८ वर्षीय पदम बहादुर राई, सप्तरीको कन्चनरुप नपाका १८ वर्षीय आलेक, उदयपुर कटारी नगरपालिका ३ का ७० वर्षीय मान बहादुर तामांङ्ग र उनका श्रीमती बिष्णुमाया तामाङ्गलाई थप उपचारका लागी विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाईते हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिका विजय साह, असमना खातुन, विवेक कुमार साह, सुनसरीका रविन्द्र खडका, रिन्कु यादव, निर्मला दाहाल, उदयपुरका सीताराम रसाईली, झापाका पदम बहादृर राई र मोरंगका प्रमिला राई छन् । ती सबैको भारदह अस्पतालमा उपचार भईरहेको छ । घटनापछि चालक भने फरार भएका छन् डिएसपी काफ्लेले घट्नाबारे थप अनुसन्धान भइरहेको बताए ।